विशेष अदालतको आदेशपछि विष्णु पौडेल रिहा

विशेष अदालतको आदेशपछि विष्णु पौडेल रिहा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतको आदेशपछि रिहा भएका छन् । अदालतले बिहीबार उनलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनी थुनामुक्त भएका हुन् ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनी करिब २५ दिन हिरासतमा बसेपछि अदालतको आदेशअनुसार रिहा भएका हुन् ।

विशेष अदालतले प्रारम्भिक रूपमा थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै उनलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।