खुल्यो मुग्लिन–नारायणगढ सडक, सावधानीपूर्वक यात्रा गर्न आग्रह

खुल्यो मुग्लिन–नारायणगढ सडक, सावधानीपूर्वक यात्रा गर्न आग्रह


ग्लोब नेपाल
351
Shares

चितवन । सवारीसाधन एकापसमा ठोक्किएपछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ । सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान ७:१५ बजे उक्त सडकखण्डको जलवीरेमा दुर्घटना भएपछि सवारी आवागमन प्रभावित भएको थियो ।

तर, दुर्घटनामा परेका बसलाई साइड लगाएपछि सडकखण्ड पुनः सञ्चालनमा आएको हो । सडक डिभिजनले चालकहरूलाई हतार नगरी, सीमित गतिमा र लेन अनुशासन पालना गर्दै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।