सांसद खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ

सांसद खुश्बु ओलीमाथि साइबर दुर्व्यवहार गरेको आरोपमा २ जना पक्राउ


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनले सांसद खुस्बु ओलीलाई सामाजिक सञ्जालबाट धम्की दिने तथा दुर्व्यवहार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

सांसद ओलीलाई सामाजिक सञ्जाल फेसबुकबाट चरित्र हत्या गर्ने किसिमको पोष्ट गरेका भरतपुर १६ घर भएका तेजेन्द्रप्रसाद पौडेल र बुटवल घर भएर नारायणगढमा व्यवसाय गर्दै आएका अभि घिमिरेलाई पक्राउ गरिएको हो ।

पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता हुन् । उनीहरूविरुद्ध काठमाडौँ साइबर अपराधमा परेको उजुरीलाई साइबर अपराध ब्युरोले पहिचान गरेर चितवन पठाएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई विद्युतीय कारोबार ऐन अन्तर्गत म्याद थप गरी थप अनुसन्धान गरेर कार्यवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।