अर्जेन्टिनामाथि स्पेनको फिफा विश्वकप जितपछि लियोनेल मेस्सीबारे लामिन यामलले मिठो प्रतिक्रिया दिएका छन ।अर्जेन्टिनालाई १–० ले पराजित गरेर स्पेन विश्व च्याम्पियन बने पछि यामलले लियोनेल मेस्सीका बारेमा मिठो प्रतिक्रिया दिएका हुन ।
‘अन्तिम सिठ्ठी पछि जब मैले मेस्सीलाई हेरें, मैले केवल एक प्रतिद्वन्द्वीलाई देखिनँ, मैले ती खेलाडीलाई देखें जसले म लगायत लाखौं बालबालिकालाई फुटबल एउटा कला हुन सक्छ भन्ने विश्वास दिलाए।’
यमालले यो पनि भने कि, ‘एक दिन अर्को पुस्ताले मेरो ठाउँ लिनेछ। फुटबल यस्तै हो। तर लियोनेल मेस्सीजस्तो अर्को खेलाडी कहिल्यै पाइने छैन। कीर्तिमानहरू तोडिन सक्छन् र ट्रफीहरू जित्न सकिन्छ तर पूरै पुस्तालाई खेलप्रति आकर्षित र प्रेरित गर्नु इतिहासमा थोरै मानिसले मात्र हासिल गर्न सक्ने कुरा हो।’
सानामा मेस्सीले आफुँलाई नुहाई दिदै गरेको तस्विर सम्झदै यामालले अगाडी भने, ‘मेस्सीले मलाई नुहाइदिँदै गरेको तस्बिर फुटबलको सबैभन्दा चर्चित तस्बिरहरूमध्ये एक बन्यो। आज हामीले सँगै अर्को तस्बिर खिच्यौं, तर यसपटक मैले उनलाई आमनेसामने भएर धन्यवाद दिन सकें। उनीजस्ता खेलाडीहरू नभएको भए, म जस्ता बच्चाहरूले यति ठूलो सपना देख्ने आँट गर्ने थिएनौं ।’


प्रतिक्रिया