काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग-२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै छ।
खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौँ स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ ।
लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ । नामिबिया अंकतालिकामा २८ खेलमा २२ अंकसहित सातौँमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।
नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल रहेका छन् ।


प्रतिक्रिया