भारतपछि अब चीन भ्रमणमा जाँदै रवि लामिछाने

भारतपछि अब चीन भ्रमणमा जाँदै रवि लामिछाने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा उनी चीन भ्रमणमा जाने भएका हुन् ।

स्रोतका अनुसार भ्रमणको सम्भावित मिति तय भए पनि औपचारिक रूपमा भने सार्वजनिक गरिएको छैन् । भ्रमण साउनमा हुने कि भदौमा भन्नेबारे अन्तिम टुंगो लाग्न बाँकी छ । दुवैतर्फको समन्वयमा मिति तय हुने र त्यसमा पनि मिति सरकारी तहबाट भन्दा पार्टी तहबाट हुने रास्वपानिकट स्रोतको दाबी छ ।

आफ्नो पार्टी नेतृत्वको सरकार गठन भएपछि लामिछाने पहिलो पटक चीन भ्रमणमा जान लागेका हुन् । यसअघि लामिछाने भारतीय जनता पार्टीको निमन्त्रणमा पाँच दिने भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्केका थिए ।

भारतबाट फर्के लगतै सभापति लामिछानेलाई चीन भ्रमणको निम्तो आएको स्रोतको दाबी छ । भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता हुने अपेक्षा गरिएको छ ।