अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, सेती प्रादेशिक अस्पताल भर्ना

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, सेती प्रादेशिक अस्पताल भर्ना


ग्लोब नेपाल
0
Shares

काठमाडौं । २४औं सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना भएका छन् ।

धनगढीको कृष्ण मन्दिरस्थित धर्मशालामा तीन दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको हो । उनको आईसीयूमा राखेर उपचार सुरु गरिएको अस्पतालले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाको २११ नं. कोठामा अनशनरत केसीको शनिबार बिहान परीक्षण गर्दा डा. केसीको रक्तचाप ११०र९० र रक्तमा सुगरको मात्रा ५० रहेको पाइएको थियो । सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताउँदै चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका थिए । सोही अनुसार उनलाई अस्पताल लगिएको हो ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राख्दै डा. केसीले धनगढीको कृष्ण मन्दिरमा आफ्नो २४ औँ अनशन सुरु गरेका थिए ।