धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको निधन

धनगढीमा आत्मदाहको प्रयास गरेकी युवतीको निधन


ग्लोब नेपाल
0
Shares

धनगढी । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी युवतीको काठमाडौं ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-७ की ३५ वर्षीय ज्योति चौधरी रहेको प्रहरीले जनाएको छ ।

थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका अनुसार साउन ९ गते साँझ करिब ७ः३० बजेतिर चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा आफन्तले फेला पारेका थिए।

शरीरको करिब ६० प्रतिशत भाग जलेको गम्भीर अवस्थामा उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पतालले थप उपचारका लागि साउन १० गते बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा रेफर गरेको थियो।