काठमाडौँ। विभिन्न काममा ढिलासुस्ती र ठेक्का सम्झौता बमोजिम काम नगर्ने आठ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता संस्थाहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै (हिजो) शुक्रवारको बसेको बैठकको निर्णयानुसार ती कम्पनीहरूलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ।
विभिन्न सार्वजनिक निकायहरूबाट सिफारिस भई आएका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम यो कारबाही गरिएको हो। कालोसूचीमा परेको अवधिभर यी कम्पनी तथा यिनका मुख्य व्यक्तिहरूले कुनै पनि सार्वजनिक निकायको खरिद कारबाही (ठेक्कापट्टा) मा भाग लिन नपाइने कार्यालयले जनाएको छ ।



प्रतिक्रिया