रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।

श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिएका छन्।

पूर्वमन्त्री श्रेष्ठका अनुसार दिवंगत नेताको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि श्रद्धाञ्जलीसहितको शवयात्रा पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने जनाइएको छ।

काँग्रेस सभापति गगन थापाले गत साउन ७ गते गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरिएको घोषणा गरेका थिए।

लामो समय नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहेका श्रेष्ठले विभिन्न राजनीतिक तथा सरकारी जिम्मेवारी सम्हालेका थिए।