काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । मंगलबार साँझ चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो । चिकित्सकहरूको निगरानीमा उनको उपचार भइरहेको छ ।
उनकी छोरी मानुषी यमी भट्टराईका अनुसार प्रारम्भिक परीक्षणमा डा. भट्टराईमा सामान्य प्रकारको चक्कर आउने समस्या देखिएको छ । अन्य सबै स्वास्थ्य परीक्षणको प्रतिवेदन भने सामान्य रहेको उनले जानकारी दिएकी छन् । मानुषीका अनुसार उपचारपछि डा. भट्टराईको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको छ ।


प्रतिक्रिया