काठमाडौं । सर्बदलीय बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका हुन ।
सो क्रममा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले बुधवार जनाएको छ ।
सर्वदलीय बैठक सम्पन्न गरेपछि सभापति लामिछाने नेपाली कांग्रेसको पार्टी कार्यालय पुगेका थिए । पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन सभापति लामिछाने सानेपास्थित कांग्रेस मुख्यलय पुगेका थिए ।


प्रतिक्रिया