नारायणी अस्पताल घटनाको विरोध गर्दै सडकमा उत्रिए चिकित्सक

नारायणी अस्पताल घटनाको विरोध गर्दै सडकमा उत्रिए चिकित्सक


ग्लोब नेपाल
81
Shares

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोध गर्दै नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनबमोजिम कारबाही गर्न माग गरेका छन् । वार्ताका क्रममा चिकित्सकमाथि भएको दुर्व्यवहारमा संलग्नमाथि पनि कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

यसअघि मंगलबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएका छन्। संघले दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।