स्मार्ट सेल घोटाला प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

स्मार्ट सेल घोटाला प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले स्मार्ट सेल घोटाला प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई पक्राउ गरेको छ । सीआईबीले उनलाई ललितपुर महानगरपालिका–२३ धापाखेलबाट पक्राउ गरेका हो ।

सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराले उनीमाथि स्मार्ट सेल घोटाला प्रकरणमा अनुसन्धान हुने जानकारी दिए । स्मार्ट सेलको सम्पत्ति बेचेर राज्यलाई हानी नोक्सानी पुर्‍याएको आरोप उनीमाथि रहेको छ ।

रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री हुँदा भण्डारी विज्ञको रूपमा उनको सचिवालयमा नियुक्त भएका थिए । टेरामक्स प्रकरणमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएपछि भण्डारी उक्त पदमा पुगेका हुन् । सचिवालयमा कार्यरत रहेकै बेला उनी नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए ।