देशमा धार्मिक द्वन्द्व देखिनु हुँदैन, सबै मिलेर बस्नुपर्छः गृहमन्त्री

देशमा धार्मिक द्वन्द्व देखिनु हुँदैन, सबै मिलेर बस्नुपर्छः गृहमन्त्री


ग्लोब नेपाल
108
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मुलुकमा अब कुनै पनि प्रकारको धार्मिक द्वन्द्व हुन नहुने बताएका छन् । धनुषामा हिन्दु सम्राट सेना लगायतका आन्दोलनकारी पक्षसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

सबै नागरिक आपसी मेलमिलापका साथ बस्नुपर्नेमा जोड दिए । उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्नु सबैको साझा दायित्व भएको बताए । छलफलका क्रममा उनले देशको शान्ति सुरक्षा र एकतालाई मजबुत बनाउन सबै पक्ष मिल्नुको विकल्प नरहेको स्पष्ट पारे । गृहमन्त्रीले पछिल्लो समय देखिएका विवादहरूलाई संवादका माध्यमबाट समाधान गर्दै अघि बढ्न सरोकारवालाहरूलाई आग्रहसमेत गरे ।

गृहमन्त्री गुरुङले भने, ‘हाम्रो देशमा धार्मिक द्वन्द्व अब देखिनु हुँदैन । हामी सबै जना मिलेर बस्नुपर्छ ।’ धनुषामा विगत केही समयदेखि आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले सरकार समक्ष १३ बुँदे मागपत्र प्रस्तुत गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषामा सुरक्षा निकायका प्रमुखहरू र आन्दोलनरत पक्षबीच दुई चरणमा भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेपछि मोर्चाले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिएको हो ।