निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकामा शोक बिदा

निर्मल पुर्जाको निधनमा अन्नपूर्ण गाउँपालिकामा शोक बिदा


ग्लोब नेपाल
0
Shares

म्याग्दी । विश्वबिख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थातण्  ‘निम्सदाइ’सहितका ब्रोड पिक आरोहण टोलीका सदस्यहरूको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदा घोषणा गरेको छ ।

आइतबार आज एक विज्ञप्ति जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै सोमवार शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रहसमेत गरेको छ । पुर्जासहितको असामयिक निधनले नेपाल मात्र होइन, विश्व पर्वतारोहण समुदायलाई नै अपूरणीय क्षति पुगेको गाउँपालिकाले जनाएको छ।

गत बिहिवार पाकिस्तानस्थित ब्रोड पिक हिमालमा अचानक आएको हिमपहिरोमा परी निधन भएका पु्र्जासहित १० आरोहीको निधन भएको हिजो पुष्टी भएसँगै अन्नपुर्ण गाउँपालिका म्याग्दीले शोक बिदा दिने निर्णय लिएको हो ।