काठमाडौं । हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको मागसहित देशव्यापी आन्दोलन घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
उनलाई आइतबार राति अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना तथा आफ्नो अभियानका विभिन्न मागसहित आन्दोलन घोषणा गरेका थिए ।
आन्दोलन घोषणा गरेको केही घण्टामै उनी प्रहरी नियन्त्रणमा परेका हुन् । प्रहरीले उनीमाथि अनुसन्धान भइरहेको जनाएको छ । पक्राउको कारणबारे भने औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया