परराष्ट्रका सहसचिव भट्टराई पक्राउ

परराष्ट्रका सहसचिव भट्टराई पक्राउ


ग्लोब नेपाल
324
Shares

काठमाडौं। परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहसचिव भट्टराईलाई पक्राउ गरेको हो ।

सीआईबीका एसपी अनुपम शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराई पक्राउ परेका हुन।

गत सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालत काठमाडौँमा राहदानी कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो ।