नेपाली भूमि लिपुलेकबाट भारत-चीन ब्यापार सुरू

नेपाली भूमि लिपुलेकबाट भारत-चीन ब्यापार सुरू


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली भुमि लिपुलेकवाट भारत र चीनले ब्यापारिक गतिबिधि सुरूवात गरेका छन् । गत १ अगस्तवाट नेपाली भूमि लिपुलेकबाट छिमेकी मुलुकहरू भारत र चीनले ब्यापारिक गतिबिधि सुरू गरेका हुन् ।

भारतीय तिब्बत ब्यापार संघकी अध्यक्ष जीवनसिंह रक्लीको नेतृत्वमा पहिलाे पटक भारतीय ब्यापारिक टाेली तक्लाकोट मण्डी, तिब्बत पुगेका छन, जहाँ आवाश्यक ब्यापारिक काम उनीहरूले गरेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन । भारतीय मिडियाले दिएकाे जानकारी अनुसार २० पञ्जिकृत ब्यापारी र ४ भरियासहित २० जनाको पहिलो भारतीय ब्यापारिक टोली चीनको स्वशाषित क्षेत्र तक्लाकोट पुगेका थिए । उनीहरू सो दिन तक्लाकाेटमा रात बिताएर भोलीपल्ट मात्रै भारत फर्केका थिए ।

याे पटक ताक्लाकोटमा परम्परागत ब्यापार गरिरहेका भारतीयलाई मात्रै चीनले पहिलो पटक ब्यापारको अनुमति दिइएको थियो । तर, भारतवाट भने कुनै ब्यापारिक समान भने चीन स्वशाषित क्षेत्र तिब्बतमा लगेका थिएनन् । उनीहरूले तिब्बतवाट के समान ल्याएका थिए, साे बारेमा भने कुनै जानकारी दिएका छैनन् । 

भारतीय मिडियाका अनुसार धार्चुला उप जिल्ला अधिकारी शिष जोशीले बताए अनुसार गुञ्जी नाका रहेको अध्यागमन बिभागमा सबै प्रकिया पुरा गरेर भारतीय ब्यापारीकाे पहिलाे टाेली चीन प्रशाषित तिब्बत भुमीमा पुगेका हुन । ३१ जुलाईमा भारतको अध्यागमन बिभाग, गुञ्जीमा आवाश्यक प्रकिया पुरा गरे पछि १ अगस्तमा पहिलो भारतीय ब्यापारिक टोली चीन, तिब्बत प्रवेश गरेको उनले जानकारी दिए ।  

र, अर्को ब्यापारिक टोली कहिले जानेछ ? भन्ने बारेमा अझै जानकारी दिइएको छैन्। भारतीय सिमा अधिकृतका अनुसार अर्को टोलीका चीन प्रवेश गर्ने बारेमा चिनियाँ अध्यागमनका अधिकृतहरूसँग कुराकानी  र समन्वय भइरहेको उनले जानकारी दिए ।

तर, यसबारेमा नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । नेपाल सरकारले सो भुमी नेपालको भएको भन्दै भारत र चीनलाई ‘कुटनीतिक नोट’ पठाएको जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिए पनि भारत र चीनले भने नेपालकाे साे दावी अस्वकार गर्दै नेपाल भुमी, लिपुलेकवाट पहिलो पटक ब्यापारिक गतिबिधि बढाएकाे हाे ।