काठमाडौं । नेपाली कांग्रेसको सम्भावित बिभाजन रोक्नका लागि आज तेस्रो धारका युवाकाे सक्रियतामा बिशेष भेला हुँदैछ ।
शेरबहादुर देउवा पक्षधरले साउन २९-३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको र साउन २४ गते कांग्रेस संस्थापन पक्षले केन्द्रीय समितिकाे बैठक बाेलाइरहेकाे सन्दर्भमा सम्भावित पार्टी बिभाजन राेक्नका लागि सक्रिय तेस्राे धारका युवा नेतृत्वले आज बिशेष भेला गर्न लागेका हुन ।
नैनसिंह महर र रञ्जित कर्णलगायतको तेस्रो धारका युवा नेतृत्व सक्रिय रहेकाे तेस्राे धारकाे नेताहरूले आज बिहान ११ः०० बजेवाट साे भेला सुरू गर्दैछन् । सुकेधारास्थित मिराकल पार्टी भेन्युमा साे भेला बस्दैँछ ।
गत चार दिन अघि ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने जानकारी दिएकाे थियाे । पार्टी भित्रको भित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको नेता महरले जानकारी दिएका छन ।
पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको नैनसिंह महरले बताए ।


प्रतिक्रिया