काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ । केन्द्रीय कार्यालय, धुम्बाराहीमा अपराह्न १२ः३० बजेबाट सो बैठक सुरू हुनेछ ।
केन्द्रिय प्रचार बिभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आसन्न महाधिवेशनको तयारी, पार्टीको सबै तहको अधिवेशन लगायतका विविध विषयमा छलफल हुनेछ ।
राप्रपाले आगामी मंसिर २६ देखि २८ गते काठमाडौंमा महाधिवेशन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।


प्रतिक्रिया