नेप्से १३ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

नेप्से १३ अंकले घट्यो, कारोबार रकम भने बढ्यो


ग्लोब नेपाल
189
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहीबार धितोपत्र बजार परिसूचक नेप्सेमा गिरावट आएको छ। कारोबार अवधिभर दबाबमा रहेको बजार अन्त्यमा १३.८२ अंकले घट्दै २ हजार ६५४ अंकको विन्दुमा सीमित भएको हो।

बिहीबार कारोबार भएका कम्पनीमध्ये ६४ वटाको सेयर मूल्य वृद्धि भएको छ भने २०२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १० कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही सुधारिएको छ। बिहीबार कुल ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार कारोबार रकम ४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो।

समूहगत परिसूचकतर्फ व्यापार समूहबाहेक अन्य सबै समूह ओरालो लागेका छन्। बजारमा बिक्री चाप बढ्दा अधिकांश उपसमूहका सूचक नकारात्मक देखिएका हुन्।