अध्यक्ष ओलीले घरबेटीलाई बागमतिको मुख्यमन्त्री बनाउन खोजेपछि जग्गनाथ अस्पतालमा

अध्यक्ष ओलीले घरबेटीलाई बागमतिको मुख्यमन्त्री बनाउन खोजेपछि जग्गनाथ अस्पतालमा


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टी हिजो शनिबार महासचिव शंकर पोखरेल वीर अस्पताल पुगेका छन् ।

पोखरेलले थपलियाको अवस्थाबारे जानकारी लिएका हुन् । सोमबार राति अधयक्ष केपी ओली निवास गुण्डुमा ओली र महेश बस्नेतसँग कुरा गरिरहेका बेला थपलिया एक्कासि ढलेका थिए ।

ओली र बस्नेतले बागमती प्रदेशसभा संसदीय दलको नेताबाट राजीनामा दिन दबाब दिएपछि थपलिया ढलेको दाबी गरिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सँगको सत्ता साझेदारीमा बागमतीको मुख्यमन्त्री एमालेले लिने उल्लेख छ । दल नेता थपलिया मुख्यमन्त्रीका स्वभाविक दाबेदार हुन् । तर, ओली र बस्नेत आफूनिकट किरण रानामगरलाई मुख्यमन्त्री बनाउन चाहन्छन् ।

बालेकोटस्थित निवासमा जेनजी आन्दोलनकारीले आगजनी गरेपछि ओली गुण्डुमा रानाकै घरमा बसिरहेका छन् । महेश बस्नेतनिकट रहेका राना केही वर्षअघि मात्र राप्रपाबाट एमाले प्रवेश गरेका थिए । आफ्नै घरमा बस्न थालेपछि रानाले ओलीको पनि मन जितेका छन् ।