काठमाडौँ । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ३ मा काङ्ग्रेसका वडा सभापति नै रास्वपामा प्रवेश गरेका छ्न ।
वडा नम्बर ३ का सभापति गोपि कृष्ण न्यौपाने काङ्ग्रेस त्यागेर राश्वपा प्रवेश गरेका हुन । यसै क्षेत्रका सांसद बिक्रम खनालले उनलाई पार्टीमा स्वागत गरेका थिए । उनी सगै अन्य १०/१२ जना समेत प्रवेश गरेको राश्वपाका नेता दामोदर जिसीले जानकारी दिए ।
खनाल काङ्ग्रेसमै रहँदा उनी सग नजिक भएकाहरु निर्वाचनका समयमा धमाधम काङ्ग्रेस परित्याग गर्दै राश्वपा प्रवेश गरेका थिए भने काङ्ग्रेस भित्र रहेर खनाललाई मौन समर्थन गर्नेहरुको लिष्ट समेत लामै रहेको चर्चा चल्ने गरेको छ ।


प्रतिक्रिया