काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा आज पनि केन्द्रिय कार्य समितिको बैठक आज पनि बस्न लागेको हो ।
आइतबारदेखि सुरु भएको बैठकमा प्रस्तुत गरेका अजेन्डाका बारेमा छलफल गर्नका लागि आज अपरान्ह १ः०० बजे देखी बस्न लागेको हो । आइतबार बसेको बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिसम्मका विषयमा छलफल सुरु भएको थियो ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराएका थिए। जसअनुसार याे पटक केन्द्रिय समितिकाे बैठकमा निम्न अजेन्डामाथी छलफल भइरहेकाे छ ।
१. पार्टीको १५ औं महाधिवेशन सम्बन्धमाः
- १५ औं महाधिवेशन तयारीका सम्बन्धमा
- नियमावली र निर्वाचन निर्देशिका सम्बन्धमा
- सदस्यता अद्यावधिक र वितरण सम्बन्धमा
- महाधिवेशन तयारी समिति गठन सम्बन्धमा
- विधान मस्यौदा समिति गठन सम्बन्धमा
- प्रचार प्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापन लगायतका उपसमिति गठन सम्बन्धमा
- केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन सम्बन्धमा ।
२. पछिल्लो समयमा
तराई मधेशमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने सम्बन्धमा ।
३. सरकारका १०० दिन, तत् पश्चातका गतिविधि र प्रमुख प्रतिपक्ष दलका रूपमा संसद र संसद बाहिर पार्टीको भूमिकाका
सम्बन्धमा ।
४. प्रदेश सरकारका
सन्दर्भमा विकसित राजनीतिक परिस्थिति सम्बन्धमा ।
५. सदस्यता
व्यवस्थापन केन्द्रीय समितिको निर्णय अनुमोदन सम्बन्धमा ।
६. नेपाली जनसम्पर्क समिति सम्बन्धमा ।
७. समसामयिक विषय ।
८. भ्रातृ संस्थाहरूको विधान सम्बन्धमा ।


प्रतिक्रिया