सञ्चारमा भित्रिएको ७ दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

सञ्चारमा भित्रिएको ७ दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । निजामती सेवामा ३० वर्षभन्दा बढी सेवा अवधिलाई निवृत्तिभरण गणनामा कसरी समेट्ने भन्ने विषयमा अन्योल बढिरहेका बेला एकैदिन दुई सचिवले राजीनामा बुझाएका छन्।

प्रस्तावित नयाँ व्यवस्थाले लामो सेवा अवधि भएका कर्मचारीको निवृत्तिभरण सुविधामा पार्न सक्ने प्रभावबारे प्रशासनिक वृत्तमा बहस चलिरहेकै समयमा आएको दुई सचिवको राजीनामालाई चासोका साथ हेरिएको छ।

सञ्चार मन्त्रालयका सचिव डा. कमल प्रसाद पोख्रेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले मंगलबार राजीनामा पेस गरेका हुन्। राजीनामा आजको मन्त्रिपरिषद् बैठकबाट पास भएको छ ।

राजीनामा बुझाउनेमध्ये अधिकारी नियमित अवकाशको नजिक पुगेका छन्। उनको केही दिन मात्रै बाँकी थियो अर्का सचिव पोख्रेल भने एक वर्ष बढी अवधि बाँकी हुँदा ७ दिनअघि मात्र सञ्चार मन्त्रालयमा सरुवा भएर आएका थिए ।

दुवै सचिवको निर्णयमा पछिल्लो समय सेवा अवधि र निवृत्तिभरण सुविधालाई लिएर देखिएको अन्योल नै मुख्य कारण रहेको बताइएको छ । नयाँ व्यवस्था लागू भएमा यसअघि नै ३० वर्षभन्दा बढी सेवा गरिसकेका कर्मचारीको सेवा अवधि कसरी गणना गर्ने, आर्जित सुविधा संरक्षण हुने वा नहुने र संक्रमणकालीन व्यवस्था कस्तो हुने भन्ने विषय स्पष्ट हुनुपर्ने देखिएको छ।