पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी


ग्लोब नेपाल
432
Shares

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किँदै छन्। उपचारका लागि विदेश गएको साढे पाँच महिनापछि पत्नी आरजु राणासहित उनी नेपाल फर्किन लागेका हुन् ।

देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने काँग्रेस इतर समूहको तयारी छ । उनी मध्यान्ह १२ बजे काठमाडौँ अवतरण हुने बताइएको छ ।

स्वदेश फर्किएपछि देउवा शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने छन्।

जेन जेड आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएका पूर्व सभापति देउवा फागुन १३ गते राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।