काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति जनाएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् । उनले पत्रकार श्रेष्ठलाई पक्राउ गर्दा कानुनी प्रक्रिया र निर्धारित विधि पालना नगरिएको दाबी गर्दै यस्तो कार्यले लोकतान्त्रिक व्यवस्थाकै उपहास हुने टिप्पणी गरेका छन् ।
प्रचण्डले पक्राउ परेका श्रेष्ठलाई तत्काल रिहा गर्न सरकार तथा सम्बन्धित निकायसँग मागसमेत गरेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले श्रेष्ठलाई बुधबार साँझ ललितपुरको नख्खु क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले उनलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ ।


प्रतिक्रिया