रोल्पा । थबाङ गाउँपालिका-५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । थबाङ -५ बोटलबारामा गएरातिको पहिरोले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ ।
पहिरामा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए ।
आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरूको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । उनले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरूको टोली घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी जारी राखेको बताए ।


प्रतिक्रिया