देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै

देउवा समूहको राष्ट्रिय भेला आज समापन हुँदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं। नेपाली कांग्रेसका निबर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आज समापन हुदैँछ । शुक्रवार देखी मिराकल पार्टी प्यालेस, सुकेधारमा सुरू भएको भेला तीन दिन पछि आज समापन हुन लागेकाे हाे ।  सो कार्यक्रममा बिहान ११ः०० बजे देखी सुरू हुनेछ ।

प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार जारी भेलामा बिभिन्न राजनीतिक प्रतिवेदन प्रस्तुत भएका छन, जसमा आज सहभागी प्रतिनिधिहरूले धारणा राखिसके पछि समापन हुनेछ । सो भेलाको सभापतित्व पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गरिरहेका छन ।

सर्वोच्च अदालतले हालै मात्र कांग्रेसको नेतृत्व र आधिकारिता विवादमा पुनरवलोकन गर्ने अनुमति दिए पछि देउवा समूह पछिल्लो समय झनै उत्साहित बनेको छ भने पाँच महिना बिदेशमा रहेका निबर्तमान सभापति शेरबहादुर देउवा बिहिवार सोही भेलाका लागि स्वदेश फर्किएका थिए। भेलामा उपस्थित प्रतिनिधिलाई तीन मिनेटको समय दिइएको छ भने सोही भेलाले कम्तिमा १४ वटा उपसमितिहरूको चयन गर्ने जनाइएको छ ।