सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?


ग्लोब नेपाल
0
Shares

काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेर ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलामा ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँ बढेर तोलामा ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो ।