काठमाडौं । कांग्रेस सभापति गगन थापाले आज (सोमबार) जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने भएका छन । करिब एक सातादेखि केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आज बोल्ने भएका हुन ।
४ बजे सभापति थापाले पार्टी बैठकलाई सम्बोधन गर्ने बताइएको छ । उनले आजको बैठकमा पूर्वसभापति शेरबहादुर देउवा पक्षको भेलामा आफू विरुद्ध उठाइएको प्रश्नको पनि जवाफ दिने गगन निकट उच्च स्रोतले जानकारी दिएको छ ।
हिजो एक कार्यक्रममा बोल्दै देउवा समूहको तीन दिने भेलाबारे सानेपामा पत्रकारलाई बोलाएर एक घण्टा जवाफ दिने बताएका थिए। उनले देउवा समूहको भेलालाई लक्षित गर्दै पछिल्लो तीन दिनमा आफ्नो सबैभन्दा धेरै निन्दा भएको बताएका थिए ।


प्रतिक्रिया