पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई हिरासतबाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो । अदालतले श्रेष्ठको कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणसमेत फिर्ता गर्न आदेश दिएको छ।

श्रेष्ठलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो ।

जनआस्थामा छापिएको एक समाचार र तस्बिरका सम्बन्धमा वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा श्रेष्ठलाई २०८३ साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो ।