काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ बजे काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरूमा चालक दाङको राप्ती गाउँपालिका–८ बस्ने अन्दाजी ३२ वर्षीय छुनिलाल चौधरी, उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश (दाङ तुलसीपुर–९) अन्दाजी ५७ वर्षीय गोकर्ण डाँगी, रजिस्ट्रार (बैतडी दशरथचन्द–७) ५१ वर्षीय तारादत्त बडु रहेका छन्।
त्यस्तै, रजिस्ट्रार बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया आफन्त रिता बडु घाइते भएका छन्। घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया