कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण गराउँदै, महाधिवेसन सुरू भएको दावी

कांग्रेसले निर्वाचन अधिकृतलाई प्रशिक्षण गराउँदै, महाधिवेसन सुरू भएको दावी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज पार्टी निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिँदै छ ।  कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म तय भएको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूलाई प्रशिक्षण दिन लागेको हो । 

दिउँसो २ बजे कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा प्रशिक्षण कार्यक्रम हुनेछ । यसलाई १५औँ केन्द्रीय महाधिवेशनको प्रक्रिया सुरुआतको पहिलो चरण भनेका छन् ।