सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष

सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको छानबिन समितिको निष्कर्ष


ग्लोब नेपाल
0
Shares

काठमाडौं । गत साउन १० गते सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनामा सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालिएको छ ।

सुनसरी र सिरहा घटनाबारे छानबिन गर्न गठित समितिले सो निष्कर्ष निकालेका हुन् ।

साउन १० गतेराति दुई समुदायबिच भएको विवाद र उत्पन्न झडपमा परेर सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रविन्द्र मेहताले ज्यान गुमाएका थिए भने, साउन १४ गते सिरहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर १८ वर्षीय गणेश यादवले ज्यान गुमाए । दुवै घटनाका मृतकहरूलाई सरकारले सहिद घोषणा गरिसकेको छ ।

चारै जनाको मृत्यु ‘सुरक्षाकर्मीको गोली लागेर’ भएको दुई समितिले छानबिन सकेर सरकारलाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।