काँग्रेसको १५औँ महाधिवेशन कार्यतालिका सार्वजनिक, भदौ २४ मा वडा अधिवेशन

काँग्रेसको १५औँ महाधिवेशन कार्यतालिका सार्वजनिक, भदौ २४ मा वडा अधिवेशन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । नेपाली काँग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रसम्मका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले मंगलबार साँझ सार्वजनिक गरेको तालिकाअनुसार अधिवेशनको निर्वाचन प्रक्रिया भदौ २४ गते वडा अधिवेशनबाट सुरु हुनेछ।

काँग्रेसको विधानले वडा अधिवेशनलाई पार्टीको सबैभन्दा तल्लो तहको अधिवेशन मानेको छ। वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्नेछन्।

निर्वाचन समितिको तालिकाअनुसार नेपाली जनसम्पर्क समितिका अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ। गाउँ तथा नगर अधिवेशन भदौ २७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते निर्धारण गरिएको छ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज ३ गते हुनेछ। सोही दिन एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन पनि गर्ने कार्यतालिका छ। अन्य जिल्लाको जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १९ गते गर्ने उल्लेख छ।