कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिदै

कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिदै


ग्लोब नेपाल
81
Shares

कर्णाली। कर्णाली प्रदेशसभाको बैठक बुधबार बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ ।

मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन् । नेकपा (एमाले)को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए । कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) १४ र एमालेका १० प्रदेशसभा सदस्य छन् ।