काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बागमती प्रदेशका सांसदहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
नेकपा एमालेका प्रदेश सांसद किरण थापाले मुख्यमन्त्रीमा दावी पेश गर्दा समर्थन जनाएका आफ्ना प्रदेश सांसदहरूलाई अनुशाषनको कारबाहीको चेतावनी दिएका हुन् ।
अध्यक्ष लिङदेनले भने, `उक्त विषय हामीले प्रदेश प्रमुख समक्ष जानकारी गराइ सकेका छौँ ।´ उनका अनुसार पार्टीको निर्णय विपरित क्रियाकलापमा संलग्नहरुलाई अनुशासनको कारबाही प्रक्रिया प्रारम्भ भइसकेको छ।
राप्रपाका बागमतीमा १२ सांसद छन् । सो पार्टीले केही दिन अघि प्रदेशका कुनै सरकारमा सहभागी नहुने र हुनै परेमा अध्यक्ष लिङ्देनलाई निर्णय गर्ने अधिकार दिएको थियो।


प्रतिक्रिया