बागमती सरकारमा राप्रपाका ३ जना मन्त्री हुने, मुख्यमन्त्रीको सपथ ४ बजे

बागमती सरकारमा राप्रपाका ३ जना मन्त्री हुने, मुख्यमन्त्रीको सपथ ४ बजे


ग्लोब नेपाल
405
Shares

काठमाडौं। किरण थापा नेतृत्वको बागमती प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन जना मन्त्री हुने भएका छन् ।

नयाँ सरकार गठन प्रक्रिया अनुसार सत्ता साझेदार दलहरू बीच मन्त्रालय बाँडफाँट र जिम्मेवारी टुंग्याउने काम अन्तिम चरणमा पुगिरहेको बेला बागमतीमा राप्रपाका ३ जनाले मन्त्री पाउने टुंगो लागेको हो ।

एमाले प्रदेश सभा सांसद थापा नेतृत्व्को सरकारमा राप्रपाबाट राजेन्द्र प्रजापति, राजु विष्ट र गिरबहादुर तामाङलाई मन्त्री बन्ने भएका छन, यद्दपी उनीहरुले पाउने मन्त्रालय भने टुंगिन बाँकी रहेको जनाइएको छ। राप्रपा प्रदेशसभा सदस्य राजु विष्टले राप्रपावाट हुने मन्त्रीको चयन संसदीय दलबाट निर्णय गरेर नाम पठाइएको जनाए ।

मुख्यमन्त्रीका लागि दावी पेश गरेका थापाले आज मुख्यमन्त्रीमा नियुक्त हुदैँछन भने ४ बजे पद तथा गोपनियताको सपथ ग्रहण लिदैँछन् । सो अघि एमालेले मुख्यमन्त्रीसहित २ मन्त्रालय, नेपाली कम्युनिस्ट पार्टीले २ मन्त्रालय र राप्रपाले ३ मन्त्रालय पाउने गरी दलहरुबीच बाँडफाँट भने गरि सकिएको छ ।