रास्वपाका प्रवक्तामा जगदिश खरेल

रास्वपाका प्रवक्तामा जगदिश खरेल


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तामा जगदीश खरेल मनोनित भएका छन् । यसैगरी, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्ष बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव, सहप्रवक्तामा नमितत यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रीय समितिको बैठकले पार्टी विभाग प्रमुखहरु अनुमोदन गर्ने निर्णय गरेको पार्टी केन्द्रीय सदस्य मनिष झाले जानकारी दिएका हुन् । उनका अनुसार पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई अनुमोदन गरिएको छ ।

उनले अर्थ विभाग प्रमुखमा पूर्व कोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई गरिएको बताए । पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हाल कोही नरहेकोले कायममुकायम जिम्मेवारी महामन्त्री विपिन आचार्यलाई दिइएको उनले बताए । उनले पार्टीको प्रशिक्षण विभागको उपप्रमुखमा सांसद कमल सुवेदीलाई जिम्मेवारी दिइएको बताए ।

उनले भने, ‘जारी केन्द्रीय समितिको बैठकले पार्टीको पूर्व कोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई पार्टीको अर्थ विभागको प्रमुखमा अनुमोदन गरिएको छ । पार्टीको प्रशिक्षण विभाग प्रमुखमा अहिलेको लागि कोही नरहेकोले गर्दा कायममुकायम भूमिकाको लागि महामन्त्री विपिन आचार्यज्यूलाई नै जिम्मेवारी दिइएको छ । र उपप्रमुखमा सांसद कमल सुवेदीज्युलाई जिम्मेवारी दिइएको छ । पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेज्यूलाई अनुमोदन गरेको छ ।’

झाका अनुसार सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनीत भएका छन् ।