कांग्रेसले दियो पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने कार्यकर्तामाथि कारबाहीको चेतावनी

कांग्रेसले दियो पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने कार्यकर्तामाथि कारबाहीको चेतावनी


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताएका हुन् । संयोजक गुरुङका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्घातका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन् ।

समितिले हाल ती उजुरीहरूको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरुङले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया सुरु हुनुअघि नै सबै उजुरीहरूको फैसला गरिसक्ने समितिको लक्ष्य रहेको बताए ।