काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा विवाद भएपछि बाहिरिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिको बचाउ गरेकी छन् ।
बैठकमा विवाद भएपछि उनको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला तामाङले आफूलाई ‘गाउँको पाखे सांसद’ भन्दै आलोचनाको जवाफ दिएकी हुन् । उनले आफूलाई अरू नेताजस्तो चिल्लो र मिठो कुरा गर्न नआउने बताउँदै जे देख्यो त्यही बोल्ने गरेको उल्लेख गरेकी छन् ।
‘मलाई अब तपाईंहरूलाई जस्तो चिल्लो कुरा गर्न आउँदैन, मिठो मुस्कानसहित, मुख १२ ठाउँमा बटारेर बोल्न नि आउँदैन, जे देखे त्यही बोलेँ,’ उनले लेखेकी छन् । तामाङले आफूलाई ‘गाउँको एक नम्बरको ढङ्ग न रङ्ग भएको पाखे सांसद’का रूपमा प्रस्तुत गर्दै आफूले बोलेको विषयमा व्यंग्यात्मक शैलीमा स्पष्टीकरण दिएकी छन् ।
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा शुक्रबार तामाङ र अन्य सहभागीबीच विवाद भएको थियो । विवादपछि उनी बैठकबाट बाहिरिएकी थिइन् । बैठकमा उनको प्रस्तुतिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र आलोचना भएका थिए ।


प्रतिक्रिया