वरिष्ठ वैज्ञानिक अधिकृत प्रधानलाई सफाइ पेस गर्न निर्देशन

वरिष्ठ वैज्ञानिक अधिकृत प्रधानलाई सफाइ पेस गर्न निर्देशन


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । वनस्पति विभागले कार्यालयमा अनुपस्थित रहेकी वरिष्ठ वैज्ञानिक अधिकृत सम्झना प्रधानलाई १५ दिनभित्र सफाइ पेस गर्न निर्देशन दिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको विभागले आज एक सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवा, केमेस्ट्री समूह, राजपत्रांकित द्वितीय श्रेणीकी अधिकृत प्रधानलाई कार्यालयमा हाजिर नभएपछि तोकिएको समयभित्र सफाइ पेस गर्न भनेको हो।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ को उपदफा (१) खण्ड (छ) मा भएको व्यवस्था बमोजिम कार्यालयमा उपस्थित हुनुपर्नेमा उनी अनुपस्थित रहँदै आएकी छन्।

शनिबार प्रकाशित सूचना अनुसार उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ५९ को खण्ड(ख) को उपदफा (१) बमोजिम कारबाही नगर्नुपर्ने कुनै मनासिव कारण भए निजामती सेवा नियमावली, २०५० को नियम ११० को खण्ड (क) अनुसार १५ दिनभित्र सफाई पेस गर्न भनिएको छ।

तोकिएको समयसीमाभित्र सफाई पेस नगरे निजामती सेवा ऐन, २०४९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउने चेतावनी समेत विभागले दिएको छ।