म्याग्दी । जय नेपाल पार्टीको बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले ७७ वटै जिल्लामा तदर्थ समितिहरू गठन गर्ने निर्णय गरेलगत्तै म्याग्दीमा शुक्रबार जिल्ला कार्यसमिति गठन भएको छ ।
राम बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भेलाले दिलबहादुर खत्री केसी सभापति रहने गरी १३ सदस्य तदर्थ जिल्ला कार्यसमिति गठन गरेको छ ।
शाहीले बताए अनुसार, भेलाले जिल्ला कार्यसमितिको उपाध्यक्ष पदमा टोप बहादुर केसी, सचिवमा बिदुर सुवेदी, कोषाध्यक्षमा सुमित्रा मल्ल, सहसचिवमा योगन रिजाल सर्वसम्मत चयन गरेको छ । तदर्थ समितिका सदस्यहरूमा विक्रम मल्ल, टेक बहादुर घर्ती क्षेत्री, राजकुमार पाण्डे, लक्ष्मी खत्री क्षेत्री, राम बहादुर शाही, उमा घर्ती क्षेत्री, मेलीना भण्डारी र रिमा सापकोटा छन् ।
जय नेपाल पार्टीका सभापति डा. धवलशम्सरे राणाको अध्यक्षतामा काठमाडौंमा बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले भदौे र असोजभित्र देशव्यापी जिल्ला कार्यसमितिहरू गठन गर्ने निर्णय थियो ।


प्रतिक्रिया