सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता

सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्ले पायो पूर्णता


ग्लोब नेपाल
0
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। प्रदेश प्रमुख नजिर मियाँले ३ मन्त्रीलाई तथा मुख्यमन्त्री खगराज भट्टले दुई राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

मुख्यमन्त्री भट्टले बिहीबार राति साढे ८ बजे नेकपाका तर्फबाट प्रकाश रावल, ओमविक्रम भाट र खुसीराम डगौरा थारूलाई मन्त्री तथा जानकी कुँवर र इन्दिरा गिरीलाई राज्यमन्त्री नियुक्त गरेका थिए ।

नियुक्तिअनुसार रावललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भाटलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र डगौरा थारूलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, जानकी कुँवरलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री तथा इन्दिरा गिरीलाई वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

मुख्यमन्त्री भट्ट गत साउन २९ गते नियुक्त भएका थिए । यसअघि उनले नेकपा (एमाले) का तर्फबाट चक्र मल्ललाई आर्थिक मामिला मन्त्री, सन्तोषी थापा शर्मालाई सामाजिक विकास मन्त्री तथा दमन भण्डारीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए । एमालेकै तर्फबाट जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री नियुक्त भइसकेकी छन् ।