नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन्: परराष्ट्र मन्त्री

नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखिन थालेका छन्: परराष्ट्र मन्त्री


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको अर्थतन्त्रमा क्रमशः सुधारका संकेत देखिन थालेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगरपालिका-१ कार्यसमितिले आज झोरमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक क्षेत्र क्रमशः सुधारको बाटोमा अगाडि बढेको बताए । उनले अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा यस वर्ष साउनमा कर संकलनमा १० प्रतिशतले वृद्धि भएको बताए । बजारमा सकारात्मक चहलपहल सुरु भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुगेको उनको भनाइ छ ।

मन्त्री खनालले साउन महिनामा नेपाली बैंकको नेतृत्वमा जलविद्युत् आयोजनामा लगानी गर्ने निर्णय भएको भन्दै यसले नेपालको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नयाँ बजेट कार्यान्वयनमा आएपछि निजी क्षेत्रको आत्मविश्वास बढ्दै गएको र आउने वर्षमा सेयर बजारमा पनि सकारात्मक सुधार आउने प्रक्षेपण गरिएको उनले बताए ।

काठमाडौँ क्षेत्र नं ६ का सांसदसमेत रहनुभएका मन्त्री खनालले काठमाडौँको सवारी चाप कम गर्न गोंगबु क्षेत्रमा फ्लाईओभर निर्माण गर्ने र साङ्ला खोला करिडोरलाई अन्तर्राष्ट्रिय राजमार्गसँग जोड्ने योजना अगाडि बढाइएको उल्लेख गरे ।