अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न

अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न


ग्लोब नेपाल
54
Shares

काठमाडौंं। कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका बेलामा अमेरिकी प्रतिनिधिसँग भेट भए/नभएकोबारे प्रश्न उठेको छ। नेपाली कांग्रेसका सांसद खडग शाहीले आजको बैठकमा अमेरिकी अधिकारी मुस्ताङ पुगेको कुरा बाहिरिएको भन्दै प्रश्न उठाएका हुन ।

“प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिएको छ । तर, सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको छ,” उनले भने । अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको उनले दाबी गरेका छन ।

प्रधानमन्त्री मुस्ताङ जानुको उद्देश्यबारे सरकारले  जानकारी नगराएको भन्दै उनको प्रश्न छ ।

 “अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? प्रधानमन्त्रीज्यू र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा छलफल भएको हो वा होइन ?,” सांसद शाहीको प्रश्न छ।

जनतालाई प्रधानमन्त्रीले  तथ्य जानकारी गराउनुपर्ने उनले  बताए ।