काठमाडौं । चीनमा आयोजित विकासशील मुलुकका संसद्को आठौं सेमिनारमा सहभागी हुन नेपाली सांसदहरुसहितको टोली चीनको सिचुआन प्रान्तको राजधानी छङ्तु पुगेको छ ।
चिनियाँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) स्थायी समितिको सचिवालय र अन्तरव्यवस्थापिका संघ (आईपीयू) को सचिवालयको संयुक्त आयोजनामा आजदेखि आगामी आइतबारसम्म चीनमा उक्त सम्मेलन हुँदैछ ।
प्रतिनिधिसभामा एमाले सांसद यज्ञबहादुर बोगटी, रास्वपाका कमल सुवेदी, नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रियसभा सदस्य झक्कु सुवेदी र नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य किरणबाबु श्रेष्ठसहितको टोली चीन पुगेको हो ।
विकासशील मुलुकका संसद्का प्रतिनिधिहरू सहभागी हुने सम्मेलनमा संसदीय अभ्यास, अन्तरसंसदीय सहकार्य तथा विकासशील मुलुकका साझा चुनौतीलगायतका विषयमा छलफल हुने बताइएको छ । नेपाली टोलीले नेपालको संसदीय अभ्यास तथा विकासशील मुलुकका साझा सरोकारका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बुझिएको छ ।


प्रतिक्रिया