५ महिनामै बालेनको ‘चमक’ हराएको इण्डिया टुडेको विश्लेषण

५ महिनामै बालेनको ‘चमक’ हराएको इण्डिया टुडेको विश्लेषण


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार पाँच महिना नपुग्दै संकटमा परेको भारतीय सञ्चारमाध्यम इण्डिया टुडेले टिप्पणी गरेको छ । आज अनलाइन संस्करणमा प्रकाशित समाचारमा आनन्द सिंहको विश्लेषणमा प्रधानमन्त्री शाहले पद सम्हालेको पाँँच महिनामै उनको राजनीतिक चमक खस्किएको उल्लेख छ ।

‘हाउ नेपाल्स जेन जी हिरो बालेन शाह लस्ट हिज पोलिटिकल साइन इन जस्ट १५० डेज’ शीर्षकमा प्रकाशित समाचारमा शासन सञ्चालनका कमजोरी, कूटनीतिक असावधानी,बढ्दो संकट तथा संसद् र आफ्नै पार्टीसँग प्रधानमन्त्री शाहको बढ्दो दूरीले उनको लोकप्रियता खस्केको उल्लेख छ ।

इण्डिया टुडेले मार्च २७ मा प्रधानमन्त्री बनेका शाह जेन जी आन्दोलनको लहरमा सत्तामा पुगेर पुराना राजनीतिक नेतृत्वको विकल्पका रूपमा आफूलाई स्थापित गरेको सन्दर्भमा विश्लेषण गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयर छँदा बनाएको ‘परिवर्तनकारी’ छवि र जेन जी पुस्ताको समर्थनका कारण उनको राजनीतिक उदय असाधारण देखिएको सिंहले उल्लेख गरेका छन् ।तर प्रधानमन्त्री बनेपछि भने अवस्था अपेक्षाअनुसार अघि बढ्न नसकेको ठहर छ ।